पछिल्लो २४ घण्टामा २७४ संक्रमित थपिए, ३ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर २७४ नयाँ संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ९ हजार १६ जनाको नमुना परीक्षण गरिएकोमा २७४ जनामा कोरोना पुष्टि भएको हो ।
यसैगरी आज ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने २७० जना संक्रमित संक्रमणमुक्त भएका छन्। आज मृत्यु भएकासहित गरी देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ११ हजार ५७० पुगेको छ । अहिले देशभर ५ हजार ५२२ जना मात्र सक्रिय कोरोना संक्रमित रहेका छन्। पछिल्लो २४ घण्टामा २ लाख ६ हजार ५२२ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?