स्टार अस्पतालमा पुस महिनाभर पेट तथा कलेजो रोगसम्बन्धी नि: शुल्क ओपिडी सेवा
हेल्थ टिभी अनलाइन\ काठमाडौं : ललितपुरको सानेपामा रहेको स्टार अस्पतालले पुस महिनाभर पेट तथा कलेजो रोगसम्बन्धी नि: शुल्क ओपिडी सेवा दिने भएको छ ।
अस्पतालका मेडिकल निर्देशक डा शैल रुपाखेतीले पुस १ देखि माघ १ सम्म बिरामीका लागि एक महिना निशुल्क ओपिडी सेवा र विभिन्न जाँच तथा शल्यक्रियामा विशेष छुटको व्यवस्था गरिएको जनाए । पेट तथा कलेजो रोगसम्बन्धी विशिष्टकृत सेवा दिने उद्धेस्यले अस्पतालले यसअघि नै छुट्टै स्टार जीआई सेन्टर सञ्चालनमा ल्याएको छ । जसमा नेपालमा नाम चलेका पेट तथा कलेजो रोगका विशेषज्ञ डाक्टरहरु रहेका छन्।
उक्त सेन्टरमा पेट तथा कलेजो रोगको उत्कृष्ट उपचार हुने र त्यसका लागि देश बाहिर जान नपर्ने अस्पतालले जनाएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?