Health TV Online
Health TV Online
Health TV Online

दैनिक २ लाखभन्दा बढीलाई लगाइँदै कोरोना विरुद्धको खोप

दैनिक २ लाखभन्दा बढीलाई लगाइँदै कोरोना विरुद्धको खोप

हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले कोरोना विरुद्धको खोप अभियानलाई तीब्र बनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांक हेर्दा अहिले दैनिक रुपमा २ लाखभन्दा बढीले कोरोना विरुद्धको खोप लगाउँदै आएका छन्। दक्षिण अफ्रिकामा पहिलोपटक देखिएको ओमिक्रोन भेरियन्टबाट बच्नका लागि बुस्टर डोजको पनि छलफल भइरहेको मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म कुल जनसंख्याको ३८ दशमलब ७ प्रतिशतले पहिलो डोज लगाइसकेका छन् भने ३१ प्रतिशतले पूर्ण खोप पाइसकेका छन्। कुल जनसंख्याको ५० प्रतिशतले पहिलो खोप लगाइसकेपछि मात्र बुस्टर डोजमा जान विज्ञहरुले सल्लाह दिएका छन्। बिहिबार मात्र झण्डै ४२ लाख डोज मोर्डना र जोन्सन एण्ड जोन्सन खोप नेपाल आएको छ भने शुक्रबार पनि ठूलो परिमाणमा खोप आउने बताइएको छ ।

सरकारले यही पुस ४ गतेदेखि १२ देखि १७ वर्षका किशोरकिशोरीलाई मोडर्ना खोप दिने भएको छ । त्यसका लागि विद्यालयलाई खोप केन्द्र तोकिएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार