थप १८४ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर १८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ११ हजार १८ जनाको नमुना परीक्षण गरिएकोमा १८४ जनामा कोरोना पुष्टि भएको हो ।
यसैगरी गत २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ११ हजार ५६७ पुगेको छ । उता यहीवीच २६७ जना कोरोना संक्रमित निको भएका छन्। अहिले देशभर ५ हजार ५२६ जना सक्रिय संक्रमित रहेका छन्।
मन्त्रालयका अनुसार गत २४ घण्टामा २ लाख ४० हजार ५६४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?