जर्मन सरकारद्धारा नेपाललाई ४१ लाख ४२ हजार डाेज खोप सहयोग
हेल्थ टिभी अनलाइन \काठमाडौं : जर्मन सरकारद्धारा नेपाललाई ४१ लाख ४२ हजार डोज कोरोना विरुद्धको खोप सहयोग गरेको छ । नेपालका लागि जर्मनीका राजदूत डा स्टेफन रुसेकले आज स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई मोडर्ना र जोन्सन एण्ड जोन्सनको ४१ लाख ४२ हजार २५० डोज खोप हस्तान्तरण गरेका हुन्। यो खोप कोभ्यास सुविधा मार्फत जर्मन सरकारले नेपाललाई उपलब्ध गराएको हो।
मोडर्ना खोप पुस ४ देखि देशभरका १२ देखि १८ वर्ष सम्मका करिब १८ लाख बालबालिकालाई लगाइँदैछ ।
नेपालको कुल जनसंख्याको ३८ दशमलब २ प्रतिशतलाई कम्तीमा एक मात्रा खोप र ३१ प्रतिशतलाई पूर्ण खोप लगाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?