स्वास्थ्य मन्त्रालयको प्रवक्तामा डा संगिता मिश्रा
हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डा संगिता मिश्राले पाएकी छिन्। स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले डा मिश्रालाई प्रवक्ताको जिम्मेवारी दिएका हुन्।
केही समयअघि मात्र प्रसुती परोपकार तथा स्त्री अस्पतालबाट सरुवा भएर मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखामा आएकी उनलाई मन्त्री खतिवडाले प्रवक्ताको समेत जिम्मेवारी दिएका हुन्।
स्वास्थ्य मन्त्रालयमा समन्वय महाशाखाकै प्रमुख प्रवक्ता रहने व्यवस्था भए पनि केही समय भने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्ण पौडेललाई प्रवक्ताको समेत जिम्मेवारी दिइएको थियो । डा पौडेलले आजदेखि प्रवक्ताको जिम्मेवारीमा आफू नरहेको जनाएका छन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित