बंगालमा पनि देखियो ओमिक्रोन, ७ वर्षको बच्चामा संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन : भारतमा ओमिक्रोन भाइस एक पछि अर्को शहरमा देखिन थालेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पश्चिम बंगालको मुर्शिदाबादका ७ वर्षका एक बच्चामा ओमिक्रोन संक्रमण पुष्टि भएको हो ।
उनी केही समयअघि मात्र आफना आमा बाबुसँग आबुधाबीबाट आएका थिए । भारतमा योसँगै १० राज्यमा ओमिक्रोन भाइरस फैलिसकेको जनाइएको छ । अहिलसम्म कुल ६५ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भइसकेको र नयाँ संक्रमित बढ्ने क्रम जारी रहेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सबैभन्दा बढी महाराष्ट्रमा २८ जनामा ओमिक्रोन देखिएको बताइएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?