पछिल्लो २४ घण्टामा २६४ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर २६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १३ हजार ७०९ जनाको नमुना परीक्षण गरिएको थियो । यसैगरी गत २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
उता यहीवीच ३६२ जना संक्रमित संक्रमणमुक्त भएका छन्। हाल देशभर ५ हजार ६८९ जना सक्रिय संक्रमित रहेका छन्। उनीहरुमध्ये १२० जना आइसीयूमा र २७ जना भेन्टिलेटरमा उपचाररत रहेको जनाइएको छ ।
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न खोप केन्द्रबाट २ लाख ३६ हजार ४८२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?