पाकिस्तानमा पनि देखियो ओमिक्रोन भेरियन्ट
हेल्थ टिभी अनलाइन : असाध्यै संक्रामक मानिएको कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन पाकिस्तानमा पनि देखिएको छ । पहिलो पटक दक्षिण अफ्रिकामा भेटिएको भनिएको यस भाइरसका संक्रमित पाकिस्तानमा पनि देखिएको बताइएको हो।
पाकिस्तानको स्वास्थ्य मन्त्रालयले सो कुराको जानकारी दिएको हो। सो मन्त्रालयका अनुसार अफ्रिकाबाट केही दिनअघि आएकी ५७ वर्षीया एक महिलामा ओमिक्रोन भाइरस देखिएको हो । उनको स्वास्थ्य अवस्था सामान्य रहेको र उनलाई आइसोलेसनमा राखेर अन्य व्यक्तिहरुको पनि नमुना संकलन गर्ने कार्य जारी राखिएको जनाइएको छ ।
पाकिस्तानले अहिले दक्षिण अफ्रिकाबाट आउने यात्रुलाई प्रतिबन्ध लगाएको छ । यो भाइरस केही सातामा नै ६० भन्दा बढी देशमा देखिसकेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?