होमियोप्याथिक डाक्टर राजेश प्रधानाङ्गको कोरोना संक्रमणबाट मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : होमियोप्याथिक डा राजेश प्रधानाङ्गको कोरोना संक्रमणबाट मृत्यु भएको छ । दुई साताअघि कोरोना संक्रमण भएर सानेपास्थित स्टार अस्पताल भर्ना भएका प्रधानागंको आइतबार राती मृत्यु भएको अस्पतालका सिओओ डा सन्देश जिसीले जानकारी दिए ।
प्रधानांगकी श्रीमती समेतलाई कोरोना संक्रमण भएर दुबै जनालाई अस्पतालको आइसीयूमा राखिएको थियो । श्रीमती संक्रमणमुक्त भएर डिस्चार्ज हुँदै गर्दा श्रीमानलाई भने बचाउन नसकिएको डा जिसीले जिकीर गरे ।
५४ वर्षीय डा प्रधानाङ्गको होमियोप्याथिक चिकित्सा विधाको विकासमा ठूलो योगदान रहेको छ । उनको निधनप्रति नेपाल होमियोप्याथिक चिकित्सक संघले समवेदना व्यक्त गरेको छ । उनका एक छोरा र एक छोरी रहेका छन्। पत्रकारितामा समेत रुचि राख्ने उनी विगत १५ वर्षदेखि रेडियोमा स्वास्थ्यसम्बन्धी कार्यक्रम समेत चलाउँथे ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?