थप ३४१ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा ३४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १३ हजार २३६ जनाको नमुना परीक्षण गरिएकोमा ३४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यसैगरी आज ३७६ जना संक्रमित निको भएका छन् भने ३ जनाको मृत्यु भएको छ । आज मृत्यु भएकासहित गरी देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ११ हजार ५५७ पुगेको छ ।
उता गत २४ घण्टामा १ लाख ८७ हजार ६६४ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?