Health TV Online
Health TV Online
Health TV Online

सुदूरपश्चिम प्रदेशमा फिजियोथेरापी अस्पताल सञ्चालनमा

सुदूरपश्चिम प्रदेशमा फिजियोथेरापी अस्पताल सञ्चालनमा

हेल्थ टिभी अनलाइन : सुदूरपश्चिमको धनगढीमा रहेकाे हसनपुरमा पहिलो फिजियोथेरापी पुनर्स्थापना केन्द्र सञ्चालनमा आएको छ । फिजियोथेरापिष्ट, न्युरोसर्जन, अर्थोपेडिक्स सर्जन र स्पिच थेरापिष्टहरुको टोलीले पहिलो फिजियोथेरापी पुनर्स्थापना केन्द्र संचालनमा ल्याएका हुन्। सो अस्पतालको उदघाटन गर्दै सामाजिक विकासमन्त्री लाल बहादुर खड्काले उक्त अस्पताल सञ्चालनसँगै सुदूरपश्चिमका धेरै अर्थो, न्यूरो सम्बन्धी समस्या भएका बिरामी फिजियोथेरापीका लागि काठमाडौंसम्म जानुपर्ने बाध्यता हट्ने जनाए । उनले सुदूरपश्चिममा आएर अस्पताल खोलेकोमा सञ्चालकलाई धन्यवाद समेत दिए ।

काठमाडौंमा रहेको अर्थोप्लास्ट रिह्याब सेन्टरको मापदण्ड अनुरुप निर्माण गरिएको पुनर्स्थापना केन्द्रमा हालका लागि १५ जना बिरामी भर्ना गर्ने साथै ५० जना सम्म ओपिडीका बिरामी हेर्न सक्ने क्षमता भएको यस संस्थाका अध्यक्ष तथा न्यूरो सर्जन डा सुरेस सापकोटाले जानकारी दिए ।

सुदूरपश्चिम तथा वरिपरिका धेरै जना बिरामीहरु पुनर्स्थापना सेवा लिन काठमाडौँ जानुपरेको र पछिल्लो समय यस्तो सेवा लिने बिरामीहरूको चाप बढेसँगै सुदूरपश्चिममै यस्तो केन्द्र खोल्नुपर्ने अवधारणा आएको अस्पतालका प्रोग्राम डाइरेक्टर समिद कतिला श्रेष्ठले जनाए । उनले भने, ‘फिजियोथेरापीकै लागि बिरामीलाई काठमाडौंसम्म धाउन नपरोस भन्ने हाम्रो चाहना हो ।’ आफनै ठाउँमा सेवा पाउँदा बिरामीलाई धेरै सहज पनि हुन्छ,  उनले थपे ।

यसगरी कार्यक्रममा विशिष्ट अतिथीका रुपमा आएका जिल्ला न्यायाधीश जयानन्द पनेरुले यस्ता पुर्नस्थापना केन्द्र सातै प्रदेशमा चाहिने भन्दै यसको सेवा विस्तार गर्न सञ्चालकलाई आग्रह समेत गरे । केन्द्रमा प्यारालाइसिस, दुर्घटनामा चोटपटक लागेका, अङ्गभङ्ग भएका, हाडजोर्नी, नसासम्बन्धी सम्पूर्ण समस्या भएकाहरुको उपचार हुने साथै पुनर्स्थापनाका अन्य सेवाहरु पनि उपलब्ध हुने जनाइएको छ ।

लगभग २ करोडको लगानीमा बनेको उक्त केन्द्रले विपन्न वर्गका बिरामीको लागि पनि विशेष प्याकेजहरु ल्याएको छ । प्रोग्राम डाइरेक्टर समिदले कोही पनि बिरामी आर्थिक अभावमा उपचारबाट वञ्चित हुन नपरोस भन्ने चाहना अनुरुप सेवाहरु दिने जनाए । उनका अनुसार प्रत्येक महिना २ जना अति विपन्न बिरामीलाई नि: शुल्क सेवा दिइनेछ ।

 

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार