नेपालका ५ जिल्लामा कोरोना संक्रमण शून्य
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा हाल ५ वटा जिल्ला कोरोना संक्रमण शून्य भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकले ५ जिल्ला कोरोना संक्रमण भएको जनाएको छ । कोरोना शून्य हुने जिल्लाहरुमा मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला र सल्यान रहेका छन्।
यी जिल्लाहरुमा यसभन्दा अघि संक्रमितहरु रहेको भए पनि अहिले भने कुनै पनि व्यक्ति सक्रिय संक्रमितको रुपमा नरहेको र सबैजना निको भएर डिस्चार्ज भएको मन्त्रालयले जनाएको हो । यसैगरी हाल कोरोना संक्रमित धेरै हुने जिल्लाहरुमा काठमाडौं र ललितपुर रहेका छन्। मन्त्रालयका अनुसार काठमाडौंमा अहिले ६९० जना सक्रिय संक्रमित आइसोलेसनमा रहेको र ललितपुरमा ६०१ जना संक्रमित रहेका छन्। देशभर गरी कुल सक्रिय संक्रमित ५ हजार ८९० जना छन्। उनीहरुमध्ये ११८ जनाको आइसीयूमा र ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
हालसम्म नेपालमा ११ हजार ५५४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?