आज २३६ संक्रमित थपिए, देशभर सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ८८३
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा २३६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका २३६ जना नयाँ संक्रमित सहित देशभर कुल सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ८८३ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा ३०७ जना संक्रमित भने निको भएर डिस्चार्ज भएका छन्। उता आज एक जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना संक्रमणबाट निको हुने दर ९७ दशमलब ९ प्रतिशत रहेको छ ।
कोरोना संक्रमण दर कम हुँदै गएको भए पनि देशभर कोरोना विरुद्धको खोप अभियान भने जारी नै छ । जसअन्तर्गत गत २४ घण्टामा २ लाख ६६ हजार ९८८ जनाले खोप लगाएका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?