ओमिक्रोन भेरियन्ट : बुस्टर डोज लगाएकालाई पनि संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन यतिबेला सबैको टाउको दुखाई बनिरहेका बेला बुस्टर डोज लगाएकालाई समेत धमाधम संक्रमण हुन थालेपछि सबैको चिन्ता र चासो बढेको छ ।
अमेरिकाको सेन्टर फर डिजिजि कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) ले अमेरिकामा ४३ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएकोमा ३४ जना कोरोना विरुद्धको पूर्ण खोप लगाएका र त्यसमा १४ जना बुस्टर डोज समेत लिएका भएको जनाएको हो । यसले कोरोना विरुद्धको बुस्टर डोज लगाएकालाई समेत संक्रमण हुनसक्छ भन्ने प्रमाणित भएको सीडीसीले जनाएको छ । संक्रमण पुष्टि भएकाहरुमा कडा लक्षण भने नदेखिएको जनाइएको छ । सीडीसीका अनुसार ओमिक्रोनबाट संक्रमित हुनेहरुमा लगभग ६० प्रतिशत युवा उमेर समूहका रहेका छन्।
नेपालमा पनि ओमिक्रोनको संक्रमणलाई ध्यानमा राख्दै बुस्टर डोज दिने विषयमा छलफल भइरहेको छ । ओमिक्रोन पहिलोपटक दक्षिण अफ्रिकामा देखिएको भए पनि अहिले ५७ बढी देशमा फैलिसकेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?