पछिल्लो २४ घण्टामा २५९ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १० हजार ४८७ जनाको नमुना परिक्षण गरिएकोमा २५९ जनामा कोरोना पुष्टि भएको हो ।
यसैगरी आज ३ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ११ हजार ५५२ जना पुगेको छ । उता गत २४ घण्टामा ३३७ जना संक्रमणमुक्त भएका छन्। अहिले देशभर ५ हजार ९९७ जना मात्र सक्रिय संक्रमित रहेका छन्।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ३ लाख २९ हजार ३२१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?