नुवाकोटमा ५० बेडको ‘स्टार नुवाकोट अस्पताल’ सञ्चालनमा
हेल्थ टिभी अनलाइन \काठमाडौं : ललितपुरको सानेपास्थित स्टार अस्पतालले नुवाकोटमा स्टार नुवाकोट अस्पताल सञ्चालनमा ल्याएको छ। एक वर्षदेखि सेवा दिन सुरु गरेको अस्पतालको औपचारिक उदघाट्न भने बुधबार भएको हो ।
विशिष्टिकृत सेवा दिने अस्पतालका रुपमा परिचित स्टार अस्पातलले उपत्यकाबाहिर पनि विशिष्टिकृत सेवा विस्तार गर्ने उद्देस्यले नुवाकोटको विदुरस्थित ढुंगेमा अस्पताल सञ्चालन गरेको मेडिकल डाइरेक्टर डा शैल रुपाखेतीले जनाए । उनले भने, ‘उपत्यका नजिकै भएर पनि धेरै स्वास्थ्य सेवाबाट वञ्चित भएको नुवाकोट र यस वरिपरीका सर्वसाधारणको स्वास्थ्य सेवा पहुँचमा सजिलो होस भने यहाँ अस्पताल सञ्चालनमा ल्याएका हौं ।’ अब यो अस्पताल सञ्चालनमा आएसँगै स सानो स्वास्थ्य सेवा लिन पनि काठमाडौं जानुपर्ने बाध्यता कम हुन्छ उनले थपे ।

अस्पतालको उद्घाटन स्टार अस्पताल सानेपाका कार्यकारी अध्यक्ष किशोर महर्जनले गरेका हुन्। उनले अबदेखि नियमित विशेषज्ञ सेवासँगै सातामा एक दिन काठमाडौंबाट विशेषज्ञ गएर विशिष्टिकृत सेवा दिने जनाए ।
अहिले अस्पतालमा दुई वटा अपरेसन थियटरसहित सिटीस्क्यान समेत राखिएको छ भने पेटरोगदेखि हाडजोर्नी, नाक, कान घाँटी, स्त्रीरोग सबै सेवाहरु उपलब्ध हुने बताइएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?