ओमिक्रोन भेरियन्ट : ५ देखि १४ वर्षका उमेर समूहमा बढी संक्रमण
हेल्थ टिभी अनलाइन : कोरोनाको नयाँ भेयिन्ट ‘ओमिक्रोन’ बालबालिकामा बढी देखिएको भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन्। विश्व स्वास्थ्य संगठनले ५ देखि १४ वर्ष उमेर समूहका बालबालिकामा ओमिक्रोन भेरियन्ट बढी देखिएको भन्दै बाबु आमाले विशेष ख्याल गर्नुपर्ने जनाएको हो ।
यो भाइरसको संक्रमण बालबालिकामा अन्यको तुलनामा २ गुणाले बढी पाइएको समेत जनाइएको छ । यूरोपमा बालबालिका बढी संक्रमणमा पर्न थालेपछि संगठनले यस्तो निष्कर्ष निकालेको हो । ५३ देशमा कोरोना संक्रमण केही सातायता दुई गुणाले बढेको भन्दै ओमिक्रोन नयाँ भेरियन्ट भएकाले यसबारे धेरै अध्ययन हुन बाँकी रहेको र यसअघिका कोरोना विरुद्धका खोपले काम गर्ने नगर्ने भन्ने हेर्ने बाँकी रहेकाले विशेष सतर्कता अपनाउन जरुरी रहेको जनाइएको छ ।
अध्ययनको परिणाम आएपछि मात्र यो कति संक्रामक छ भन्ने कुरा पत्ता लाग्ने पनि संगठनले जनाएको छ । यसबाट बच्न अहिले सबैले जनस्वास्थ्यका मापदण्ड पालना गर्ने नै भएको विज्ञहरुको ठहर छ ।
आजतकबाट :





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?