एपीक्याट समिट : १२ देशका ७८ जना मेयर एउटै फोरममा, सबैको प्रतिवद्धता ‘स्मोक फ्रि सिटी’
हेल्थ टिभी अनलाइन \काठमाडौं : नसर्ने रोग तथा सुर्तीजन्य पदार्थ विरुद्धका लागि एशिया प्यासिफिक क्षेत्रका मेयरहरुको अन्तरािष्ट्रय सञ्जाल एपिक्याटको छैटौ सम्मेलन मंगलबार भर्चुअल रुपमा सम्पन्न भएको छ ।
इन्डोनेशियाको जाकार्तामा भएको उक्त सम्मेलनमा नेपाल लगायत १२ देशका ७८ जना मेयरहरुले भर्चुअल रुपमा सहभागिता जनाएका थिए । उनीहरुले स्मोक फ्रि सिटीका लागि एक अर्काको अनुभव साटासाट गर्दै राम्रा अभ्यासको अनुसरण गर्ने र कमी कमजोरी भएमा समाधानका लागि एकवद्ध भएर अघि बढ्ने प्रतिवद्धता समेत जाहेर गरे । सम्मेलनमा नेपालबाट भरतपर महानगरकी मेयर रेनु दाहालले सहभागिता जनाउँदै आफूले सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि गरेका कामकोवारेमा जानकारी दिइन्।
उनले भरतपुर महानगरपालिकाले गत आर्थिक वर्षमा सार्वजनिक स्थलमा धुम्रपान गर्नेबाट झण्डै १ लाख रुपैया जरिवाना संकलन गरेको समेत जिकीर गरिन्। दाहालले गत आर्थिक वर्षमा सार्वजनिक स्थलमा धुम्रपान गर्नेहरुबाट जरिवाना वापत ९६ हजार रुपैया संकलन गरेर राजस्वमा दाखिला गरिएको बताइन । महानगरपालिकाले धुम्रपान रहित महानगर बनाउने अभियान अन्तर्गत सार्वजनिक स्थलमा धुम्रपान गर्नेलाई १०० रुपैया जरिवाना गरेर ९६ हजार रुपैया संकलन गरिएको र यो अभियानलाई भविश्यमा पनि प्राथमिकताका साथ अगाडि बढाइने मेयर दाहालले बताइन ।
दाहालले आफु मेयर भएपछि भरतपुरलाई गत वर्ष ‘धुम्रपानरहित शहर’ को रुपमा घोषणा गरेको बताउदै महानगरमा सरोकारवालाहरुसँगको सहकार्यमा हरेक कार्यालय, स्कुल, कलेज, होटेल र सार्वजनिक स्थलमा धुम्रपान निषेध लेखिएका साइनेज राख्न लगाइएको र विभिन्न सञ्चार माध्यमबाट धुम्रपान विरुद्धका सन्देश प्रकाशन प्रशारण गरेर जनचेतना जगाइएको बताइन्।
एपीक्याटको छैटौ सम्मेलनमा विश्व स्वास्थ्य संगठन, दि युनियन, विभिन्न देशका मेयरहरु र सुर्तीजन्य पदार्थ विरुद्धका अभियन्ता तथा विज्ञहरुले सम्बोधन गरेका थिए । सम्मेलनमा उनीहरुको एउटै आवाज थियो धुम्रपान रहित शहरको ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?