पछिल्लो २४ घण्टामा ३१५ जना कोरोना संक्रमित थपिए
हेल्थ टिभी अनलाइन \काठमाडौ : पछिल्लो २४ घण्टामा ३१५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ११ हजार ८१० जनाको नमुना परीक्षण गरिएकोमा थप ३१५ जनामा कोरोना पुष्टि भएको हो ।
यसैगरी आज २ जना कोरोना संक्रमितको ज्यान गएको छ । योसँगै देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ११ हजार ५४५ पुगेको छ ।
अहिले देशभर ६ हजार ३५२ जना सक्रिय संक्रमित होम तथा संस्थागत आइसोलेसनमा रहेका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?