के ‘ओमिक्रोन’ पहिलेको डेल्टा भेरियन्टभन्दा बढी संक्रामक छ ?
हेल्थ टिभी अनलाइन \काठमाडौं : ओमिक्रोन भेरियन्ट कोभिड १९ को सबैभन्दा पछिल्लो भेरियन्ट हो ।
यो भेरियन्ट सबैभन्दा पहिले दक्षिण अफ्रिकामा पुष्टि भएको थियो । अहिले नेपाल लगायत ४० भन्दा बढी देशमा देखिसकेको छ । यो भेरियन्ट देखिएका देशहरुमा संक्रमण दर ह्वात्तै बढेको छ । तर यो भेरियन्ट कत्तिको संक्रामक छ र अहिले लगाइरहेका खोपहरुले काम गर्छन की गर्दैनन् भन्नेवारेमा भने अध्ययन भइरहेको छ ।
यस विषयलाई लिएर वैज्ञानिकहरुले अध्ययन गरिरहेकाले अहिले नै यो भाइरस कस्तो हो र अन्य भन्दा बढी संक्रामक छ छैन भन्ने ठोस तथ्य आइसकेको छैन्। एकपटक कोभिड संक्रमण भइसकेका र खोप लगाएकालाई पनि यो भाइरसले संक्रमण हुनसक्ने विज्ञहरुले बताएका छन्। त्यसैले पनि यसबाट बच्न मास्कको अनिवार्य प्रयोग गर्न भौतिक दूरी कायम गर्न तथा सेनिटाइजरको प्रयोग गर्न जरुरी देखिएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?