शुक्रबार २४६ जना संक्रमित थपिए, ३४७ जना संक्रमणमुक्त
हेल्थ टिभी अनलाइन \काठमाडौं : शुक्रबार देशभर २४६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार ८३६ जनाको नमुना परीक्षण गरेकोमा २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यसैगरी आज कोरोना संक्रमितको मृत्यु शुन्य रहेको छ । गत २४ घण्टामा ३४७ जना भने संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। अहिले देशभर ६ हजार ९२१ जना सक्रिय कोरोना संक्रमित रहेका छन्। उनीहरुमध्ये १०७ जना आइसीयूमा उपचाररत रहेका छन् भने ३४ जना भेन्टिलेटरमा रहेका छन्।
पछिल्लो २४ घण्टामा देशभर १ लाख ७५ हजार ५६७ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?