Health TV Online
Health TV Online
Health TV Online

भारतको कर्नाटकमा भेटिए ‘ओमिक्रोन’ का दुई संक्रमित

भारतको कर्नाटकमा भेटिए ‘ओमिक्रोन’ का दुई संक्रमित

हेल्थ टिभी अनलाइन \काठमाडौं : दक्षिण अफ्रिकामा पहिलोपटक देखिएको कोरोनाको आमिक्रोन भेरियन्ट भारतमा पनि पुष्टि भएको छ ।

भारतको कर्नाटकमा ओमिक्रोनका दुई जना संक्रमित भेटिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। संक्रमित मध्ये एक जना ४६ वर्षका हुन् भने अर्का ६६ वर्षका भएको बताइएको छ ।

भारतको स्वास्थ्य मन्त्रालयले यसबारेमा पुष्टि गरेको छ । स्वास्थ्य सचिव लभ अग्रवाल सामाजिक सञ्जालमार्फत दुई जनामा ओमिक्रोन पुष्टि भएको र उनीहरुलाई आइसोलेसनमा राखिएको बताएका हुन्। उनले यसबारे जानकारी दिँदै यो नयाँ भेरियन्ट तीब्र रुपमा फैलने आशंका व्यक्त गरेका छन् ।

भारतमा यो संक्रमण पुष्टि भएपछि नेपालमा अझ बढी जोखिम बढेको भन्दै बेलैमा सतर्कता अपनाउनपर्नेमा विज्ञहरुले सुझाव दिएका छन्। भारतसँगको खुला सिमानाका कारण नेपालमा पनि ओमिक्रोन भित्रिन सक्ने भन्दै उनीहरुले अहिले नै तयारी गर्नुपर्ने बताएका हुन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार