दिल्लीका विद्यालय अनिश्चितकालका लागि बन्द
हेल्थ टिभी अनलाइन : भारतको राजधानी नयाँ दिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ ।
दिल्लीमा केही दिनदेखि वायु प्रदूषण बढ्दै गएपछि शुक्रबारदेखि सबै विद्यालय बन्द गरिने भएको हो । शहरको वायु प्रदूषणको अवस्थामा सुधार नआएका कारण कारण दिल्लीका सबै विद्यालय भोलिदेखि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि बन्द गरिने निर्णय सरकारले गरेको आजतकले जनाएको छ ।
भारतको सर्वोच्च अदालतले बिग्रँदो वायु प्रदूषणबीच बालबालिकाका लागि भौतिक कक्षा सञ्चालन गर्ने केजरीवाल नेतृत्व सरकारको आलोचना गरेपछि शुक्रबारदेखि सबै विद्यायल बन्द गरिन लागिएको हो ।
अदालतले वयस्कहरूले घरमै बसेर काम गरिरहेका बेला बालबालिलकालाई भने विद्यालय जान बाध्य पारिएको भन्दै दिल्ली सरकारमाथि सवाल उठाएको थियो । पछिल्ला केही सातायता दिल्लीको वायु प्रदूषणमा कुनै सुधार नआएको पनि अदालतको भनाइ थियो ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?