थप ३१६ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर थप ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १२ हजार ७२७ जनाको नमुना परीक्षण गरेकोमा ३१६ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी आज ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ११ हजार ५२९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २५९ जना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । अहिले देशभर ६ हजार ९५४ जना सक्रिय संक्रमित रहेका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?