Health TV Online
Health TV Online
Health TV Online

आज विश्व एड्स दिवस मनाइँदै

नेपालमा ३० हजार ३ सय संक्रमित

आज विश्व एड्स दिवस मनाइँदै

हेल्थ टिभी अनलाइन \काठमाडौं : आज विश्वभर एड्स दिवस मनाइँदैछ । नेपालमा पनि एड्सवारे जनचेतना फैलाउन विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ । हरेक वर्ष डिसेम्बर एकका दिन विश्व एड्स दिवस मनाउने गरिन्छ । यस वर्षको नारा ‘असमानता हटाऔं, एड्स अन्त्य गरौं’ रहेको छ ।

नेपालमा ३० हजार ३ सयको हाराहारीमा एचआइभी एड्सको संक्रमण रहेको अनुमान सरकारको छ । तीमध्ये झण्डै १० हजारभन्दा बढी उपचारको पहुँचमा आउन सकेका छैनन्। दिवसको अवसरमा राष्ट्रिय एड्स तथ यौन रोग नियन्त्रण केन्द्रले विविध कार्यक्रमको आयोजना गरेको छ ।

के हो एचआइभी र एड्स ?
एचआइभी ह्युमन इमियूनोडिफिसियन्सी भाइरस मानिसको शरीरमा प्रतिरक्षा शक्ति कम गराउने एक विषाणुको नाम हो । एचआइभी संक्रमित मानिसमा रोगहरुसँग लड्ने शक्ति कम हुने भएकाले विभिन्न रोगहरु लाग्ने गर्दछ र यो अवस्थालाई एड्स भनिन्छ ।

एआइभी कसरी सर्छ ? 

-असुरक्षित यौन सम्पर्क
-रगतका माध्यमबाट
-संक्रमित व्यक्तिको रगत स्वस्थ मानिसमा सर्दा
-संक्रमित व्यक्तिले प्रयोग गरेका सुई, ब्लेड आदीको प्रयोग गरेमा
-संक्रमित व्यक्तिको आँखा, मिर्गौला, कलेजो स्वस्थ व्यक्तिमा प्रत्यारोपण गरेमा

एड्सका लक्षणहरु: 
तौल घट्दै जानु
एक महिनाभन्दा बढी समय पखाला लागिरहनु
एक महिना वा सोभन्दा लामो समयसम्म ज्वरो आउने जाने भइरहनु
लामो समय खोकी लागिरहनु
पसिना धेरै आउनु
शरीरमा घाउ आइरहनु, चिलाउनु
छातीको संक्रमण हुनु आदी
बच्ने उपाय
सुरक्षित यौन सम्पर्क गर्ने
यौन रोग लागेमा तुरुन्त उपचार गर्ने
कन्डमको प्रयोग गर्ने
लागू पदार्थ प्रयोग नगर्ने
धेरै जनासँग यौन सम्पर्क नगर्ने
रगत परीक्षण गरेर मात्र लिने
अंग प्रत्यारोपण गर्दा परीक्षण गरेर मात्र लिने
महिला गर्भवती भएमा एचआइभी जाँच गराउने

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार