अझै पनि १० हजारभन्दा बढी एचआइभी संक्रमित उपचार बाहिर
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा एचआइभी संक्रमण पत्ता लागेकै ३४ वर्ष पुगिसकेको छ । तर पनि अझै पनि समाजको डर यसकाबारेमा प्रयाप्त जनचेतना नहुँदा तथा लाजका कारण ठूलो संख्यामा संक्रमितहरु खुलेर उपचारमा आउन नसकेको सरोकारवालाहरुले बताएका छन्। विश्व एड्स दिवसको अवसरमा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन्।
कार्यक्रममा बोल्दै केन्द्रकी निर्देशक डा सुधा देवकोटाले नेपालमा एचआएभी संक्रमितको उपचार र औषधिमा निकै प्रगति भएको भए पनि अझै ठूलो संख्यामा संक्रमित खुलेर नआइदिंदा समस्या भएको बताइन्। उनले उपचारमा आएकाहरुलाई निरन्तरता दिएर राख्न सकिएको भए पनि समाजको स्टिग्माको कारण केही संक्रमित उपचारमा नआउँदा त्यसले एड्स नियन्त्रण गर्ने लक्ष्यमा पुग्न चुनौती थपेको जिकीर गरिन।
कार्यक्रममा प्रस्तुतीकरण दिंदै केन्द्रका डा पवन कुमार शाहले एचआइभी संक्रमितको उपचारमा नेपालले उल्लेख्य प्रगति गरेको जनाए । उनले कोभिड महामारीका बेलामा पनि संक्रमितको उपचारमा चाहिने सम्पूर्ण औषधी उनीहरुको घर घरमा पुराएर भए पनि उपचार नछुटाएको बताए ।

हाल नेपालमा अनुमानित एचआइभी संक्रमितको संख्या ३० हजार ३ सय रहेको बताइएको छ । उनीहरुमध्ये झण्डै १० हजार भन्दा बढी उपचारमा नआएको अनुमान गरिएको छ । सरकारले सन् २०३० सम्ममा एड्सको महामारीलाई अन्त्य गर्ने लक्ष्य लिएको छ । त्यसका लागि तीनवटा क्षेत्रमा ९५ प्रतिशत परिणाम ल्याउनुपर्ने छ । पहिलो ९५ प्रतिशत एचआइभी संक्रमितले आफनो संक्रमण अवस्थाबारे थाहा पाउनुपर्ने दोस्रोमा ९५ प्रतिशतमा उपचारको पहुँच हुनुपर्ने र तेस्रोमा औषधि खानेमा ९५ प्रतिशतको शरीरमा भाइरसको भार न्यून भएको हुनुपर्नेछ ।
कार्यक्रममा डा देवकोटाले यो लक्ष्य पूरा गर्नका लागि सरकारले मात्र काम गरेर सम्भव नहुने भन्दै सरोकारवाला सबै निकाय तथा मिडियाको पनि महत्वपुर्ण भूमिका हुने जनाइ्न। प्रत्येक वर्ष डिसेम्बर १ का दिन विश्वभर एड्स दिवस मनाउने गरिन्छ । यसपटकको दिवसको नारा -‘असमानता हटाऔं, एड्स अन्त्य गरौं भन्ने’ रहेकाे छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित