मेडिकल काउन्सिलको उपाध्यक्षमा डा शिवजी पौडेल विजयी
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपाल मेडिकल काउन्सिललको उपाध्यक्षमा डा शिवजी पौडेल विजयी भएका छन्। काउन्सिलको यही मंसिर ३, ४, १० र ११ गते एक उपाध्यक्ष र आठ जना सदस्य चयनका लागि मतगणना भएको थियो।
निर्वाचन समितिका अनुसार उपाध्यक्षका लागि तीन जना प्रतिस्पर्धीमध्ये डा शिवजी पौडेल विजयी भएका हुन्। पौडेल प्रतिस्पर्धीभन्दा दोब्बर मत ल्याएर विजयी भएका हुन्।
यसैगरी सदस्यहरुमा डा तोसिमा कार्की, डा कालुसिंह खत्री, डा गुरुशरण साह, डा कुन्जान शेर्पा, डा रुपक घिमिरे, डा विश्वराज दवाडी र डा रोहित कुमार मिश्र, डा हुलास अग्रवाल विजयी भएका छन्।
काउन्सिलको निर्वाचनमा उपत्यका बाहिर र उपत्यकामा गरी ९ हजार ३१८ मत खसेको थियो। एक उपाध्यक्ष र ८ सदस्यका लागि ३५ जना चुनावी मैदानमा प्रतिष्पर्धामा थिए।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?