ओमिक्रोन त्रास : सबै नाकाहरुमा अनिवार्य एन्टिजेन परीक्षण
कोरोना पोजेटिभ देखिएमा जिन सिक्वेन्सिङ गरिने
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले कोरोना भाइरसको नयाँ भेरियन्टको रोकथामका लागि नेपाल भित्रिने सबै नाकाहरुमा एन्टिजेन परीक्षण गर्ने भएको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्ररमण सिंहले सबै नाकाहरुमा हेल्थ डेस्क राखी एन्टिजेन परीक्षण गरिने र यदि कसैमा कोरोना पोजेटिभ रिपोर्ट आएमा उक्त भाइरस ‘ओमिक्रोन’ हो होइन पत्ता लगाउन जिन सिक्वेन्सिङ गरिने जनाए ।
त्यसका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई समन्वय गरी नमुना टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउन पनि आग्रह गरिएको छ । दक्षिण अफ्रिकामा तीब्र रुपमा फैलिरहेको ओमिक्रोन भाइरस नेपाल भित्रिन सक्ने भन्दै सरकारले तयारी थालेको हो ।
बढी संक्रामक मानिएको ओमिक्रोन कोरोना भाइरसका कारण नेपाल लगायत धेरै देशहरुले दक्षिण अफ्रिकाबाट आउनेलाई रोक लगाइसकेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण