८ हजार ९१८ नमुना परीक्षण गर्दा १५८ जनामा कोरोना पुष्टि
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ८ हजार ९१८ नमुना परीक्षण गरेकोमा १५८ जनामा कोरोना पुष्टि भएको हो ।
यसैगरी गत २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज मृत्यु हुनेसहित गरी देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ५२३ पुगेको छ ।
उता यहीवीच ३४२ जना संक्रमित निको भएका छन्। अहिले देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ९६६ रहेको छ । उनीहरुमध्ये ६ हजार ५८९ जना होम आइसोलेसनमा रहेका छन् भने ३७७ जना मात्र संस्थागत आइसोलेसनमा रहेका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?