नेपालमा पनि कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको त्रास : सीसीएमसीको बैठक बस्दै
हेल्थ टिभी अनलाइन \काठमाडौं : यतिबेला दक्षिण अफ्रिकामा देखिएको कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन सबैको टाउको दुखाई बनेको छ । दक्षिण अफ्रिकापछि युरोपका केही देशमा समेत यसको प्रकार भेटिएपछि धेरै देशले अफ्रिकाबाट आउनेलाई प्रतिबन्ध लगाउन सुरु गरेका छन्।
नेपालमा पनि नयाँ भेरियन्टको जोखिम रहेकाले यसवारे छलफल गर्न आज (सीसीएमसी) कोभिड -१९ संकट व्यवस्थापन समन्वय समितिको बैठक बस्दैछ । उक्त बैठकले नेपालमा नयाँ भाइरस भित्रिन नदिनका लागि कस्तो खालको सतर्कता अपनाउने भन्नेवारेमा छलफल हुने स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा समीर अधिकारीले जनाए ।
भारतमा समेत सो भाइरस देखिएको बताइएको छ । भारतमा नयाँ भाइरस देखिनु भनेको खुला बोर्डरका कारण पनि नेपाल उच्च जोखिममा रहेकाले नाकाहरुमा कडाई गर्नुका साथै अनिवार्य क्वारेन्टाइन राख्ने व्यवस्था गर्न जरुरी हुने विज्ञहरुले जनाएका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?