विज्ञहरु भन्छन्,- डेल्टा भन्दा बढी संक्रामक छ ‘ओमिक्रोन कोरोना भेरियन्ट’
हेल्थ टिभी अनलाइन: साउथ अफ्रिकामा तीब्र रुपमा फैलिएको कोरोनाको नयाँ ओमिक्रोन भेरियन्ट डेल्टा भन्दा कयौं गुणा बढी खतरनाक र संक्रामक भएको विज्ञहरुले बताएका छन्।
अहिले देखिएको यो ओमिक्रोन भेरियन्टमा ३० भन्दा बढी म्युटेसन देखिएको उनीहरुले दाबी गरेका छन्। जबकी डेल्टा भेरियन्टमा १५ म्युटेसन पाइएको थियो । धेरै देशहरुमा कोरोना संत्रमण कम हुँदै गएर यात्रा, आवतजावतमा प्रतिवन्ध खुला गरिएको बेला फरि एकपटक ओमिक्रोन भेरियन्टले ठूलो चिन्ता थपेको छ ।
कयौं देशहरुले यसको जोखिम मध्यनजर गर्दै अफ्रिकाबाट आउने सबै हवाई उडानमा प्रतिवन्ध लगाउन सुरु गरिसकेका छन्। नेपालमा पनि नयाँ भेरियन्टको जोखिम भएको भन्दै के कस्तो रणनिती लिएर अघि बढ्ने विषयमा आज छलफल हुने बताइएको छ । अहिलेसम्म प्रयोगमा आएका खोपले यस भेरियन्टलाई काम गर्ने की नगर्ने भन्ने ठूलो चिन्ताको विषय बनेको छ । भारतको मेदांता मेडिसिटी अस्पतालका चेयरमैन डा नरेश त्रेहनले यो भेरियन्ट फैलिएको हिसाबले हेर्ने हो भने अहिलेसम्मकै बढी संक्रामक हुनसक्ने भन्दै सावधानी अपनाउन सबैलाई आग्रह गरेका छन्।
कोरोना भाइसले आफनो रुप परिवर्तन गरी नयाँ नयाँ स्वरुपमा आइदिंदा यो सबैको टाउको दुखाई बनेको छ ।
आजतकबाट :





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित