शनिबार २१३ संक्रमित थपिए, ३२५ जना संक्रमणमुक्त
हेल्थ टिभी अनलाइन \काठमाडौं : शनिबार देशभर २१३ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा देशभर ६ हजार ६३२ नमुना परीक्षण गर्दा २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
यसैगरी आज ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५२१ पुगेको छ । यहीवीच गत २४ घण्टामा ३२५जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। अहिले देशभर ७ हजार १५६ जना मात्र सक्रिय संक्रमित रहेका छन्। काठमाडौं र ललितपुरमा ५ सय बढी संक्रमित रहेको र अन्य जिल्लामा सो भन्दा कम संक्रमित मात्र रहेको मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमण दर कम हुँदै गएको भए पनि नयाँ नयाँ भेरियन्ट देखिने क्रम बढेकाले जोखिम भने कायम नै रहेको भन्दै मनत्तालयले सबैलाई जनस्वास्थ्यको मापदण्ड पालना गर्न आग्रह गर्दै आएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?