थप ३०८ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा ३०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ८ हजार ९०९ जनाको नमुना परीक्षण गरेकोमा ३०८ जनामा कोरोना पुष्टि भएको हो ।
यसैगरी आज ३ जना कोरोना संक्रमितले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । आज मृत्यु भएकासहित हालसम्म कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या ११ हजार ५१६ पुगेको छ । मन्त्रालयका अनसार गत २४ घण्टामा २९८ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्।
अहिले देशभर ७ हजार ३४९ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?