मधुमेहको असर खुट्टादेखि आँखासम्म
हेल्थ टिभी अनलाइन \काठमाडौं : मधुमेह रोग लागिसकेपछि यसलाई नियन्त्रण गरिएन भने यसले खुट्टादेखि आँखासम्म असर गर्ने भन्दै बेलैमा सचेत हुन विज्ञहरुले आग्रह गरेका छन्।
मधुमेह दिवसको अवसर पारेर सप्ताहव्यापी कार्यक्रम गरिरहेको तिलगंगा आँखा प्रतिष्ठानले बुधबार पत्रकारहरुसँग अन्तरक्रिया गर्दै मधुमेहका कारण आँखाको ज्योति गुमाएर आउनेको संख्या बढेको भन्दै यसबारेमा बेलैमा सचेत हुन आवश्यक भएको जनाएको हो । यस वर्षको मधुमेह दिवसको नारा मधुमेह सेवाको पहुँच : अहिले नभए कहिले ? भन्ने रहेको छ ।
कार्यक्रममा बोल्दै आँखा रोग विशेषज्ञ डा रबा थापाले डायवेटिक रेटिनेपेथी मधुमेहको जटिलता मध्ये एक प्रमुख अवस्था रहेको भन्दै मधुमेह भएकाले डाक्टरको सल्लाहमा अनिवार्य रुपमा नियमित आँखा जाँच गर्नुपर्ने बताइन्। उनले भनिन, ‘मधुमेह भएको २० वर्षमा पहिलो प्रकारको करिव सबै र दोश्रो प्रकारको मधुमेहमा करिव २ तिहाई विरामीको आखाँको पर्दा अर्थात रेटिनामा असर परिसकेको हुन्छ । मधुमेहि विरामीमा आँखाको पर्दामा असर गरेपनि यसको लक्षण तत्कालै नदेखिन सक्छ । आँखामा धेरै असर गरिसकेपछि मात्र रोगको बारेमा थाहा हुन सक्छ जति वेला उपचार पश्चात पनि राम्रो दृष्टि फर्काउन गाह्रो हुन्छ । मधुमेहले आँखाको पर्दाको रक्तकोशिकाहरुमा असर गरि पर्दाको रक्तसंचारमा प्रभाव पार्दछ । जसले गर्दा पर्दाको दृष्टि केन्द्रमा सुजन तथा रक्तश्राव हुनगई दृष्टि कमजोर हुन जान्छ ।’
उनका अनुसार संसारमा कुल अन्धोपना मध्ये ४ दशमलव ८ प्रतिशत अन्धोपना यहि डायवेटिक रेटिनोपेथीको कारणले हुने गरेको र आँखामा मधुमेहले पार्ने असरकाबारे जनचेतनाको अभावले गर्दा बिरामी निकै ढिला अस्पताल आउने गरेको पाईएको छ ।
मधुमेहको आँखामा असर ‘डायवेटिक रेटिनोपेथी’ सम्बन्धि जनचेतना जगाउनका लागि सन् २०१४ देखिनै विश्व मधुमेह दिवसका अवसरमा तिलगंगा आँखा प्रतिष्ठानले डायवेटिक रेटिनोपेथी दिवस मनाउदै आएको छ र विगत १५ वर्षदेखि साताव्यापी जनचेतना कार्यक्रम गर्दैै आएको छ ।
मधुमेह रगतमा चिनीको मात्रा बढी भएर लाग्ने रोग हो । तर यसले आफूले मात्र बिगार नगरी आँखाको दृष्टि बिगार्ने, मुटु, मिर्गौला जस्ता महत्वपूर्ण अंगमा असर गर्ने हुँदा सबै जना बेलैमा सचेत भएर यसलाई नियन्त्रणमा राख्न आवश्यक छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित