थप ३३२ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर थप ३३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ९ हजार ९२० जनाको नमुना परीक्षण गरेकोमा थप ३३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यसैगरी पछिल्लो २४ घण्टामा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज मृत्यु भएकासहित कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ११ हजार ५१३ पुगेको छ । हाल देशभर ७ हजार ३६९ जना सक्रिय संक्रमित रहेका छन्। उनीहरुमध्ये २०६ जनाको आइसीयूमा र ४० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
नेपालमा कोरोना संक्रमणबाट निको हुने दर ९७ दशमलब ७ प्रतिशत रहेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?