नेपाल र भारतले एक अर्काको कोभिड खोप प्रमाणपत्रलाई मान्यता दिने
हेल्थ टिभी अनलाइन \काठमाडौं : कोभिड १९ को खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि भारत सरकार र स्वास्थ्य मन्त्रालयबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित एक समारोहका बीच स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको उपस्थितिमा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा र स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेलबीच कोभिड खोप प्रमाणपत्रको मान्यताका लागि समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
कोभिड खोप पूर्ण मात्रा लगाइसकेका दुवै देशका यात्रुहरुको यात्रा सहज बनाउन यो समझदारी पत्रमा हस्ताक्षर गरिएको र एक अर्कोको देशमा लगाइएका खोपलाई मान्यता दिइएको मन्त्रालयका सचिव पोखरेलले जनाए ।
यो सम्झौता भएसँगै अब नेपालमा लगाइएको खोपलाई भारतले मान्यता दिने र भारतमा खोप लगाएकालाई नेपालमा मान्यता दिइनेछ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?