Health TV Online
Health TV Online
Health TV Online

यसअघि छुटेका सबैलाई कोरोना खोप, नजिकको केन्द्रमा गएर खोप लगाउन आग्रह

यसअघि छुटेका सबैलाई कोरोना खोप, नजिकको केन्द्रमा गएर खोप लगाउन आग्रह

हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले यसअघि छुटेका सबैलाई कोरोना विरुद्धको खोप लगाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै १८ वर्ष माथिका सबैलाई खोप दिइने लक्ष्य अनुरुप अबदेखि देशभर खोप अभियान चलाइने जनाएको हो । यसमा १८ वर्ष पुगेका सबैँले आफनो परिचय र उमेर खुल्ने कार्ड देखाएर खोप लगाउन सक्नेछन्।

दुई तिहाई लक्षित जनसंख्यालाई यही पुस मसान्तसम्म र बाँकी सबै लक्षित समूदायलाई चैत महिनासम्म कोरोना विरुद्धको खोप लगाइसक्ने लक्ष्य अनुरुप यो अभियान चालिएको मन्त्रालयका सह प्रवक्ता डा समिर अधिकारीले जनाए । उनले आफू बसोबास गरिरहेको स्थानीय तहमा सम्पर्क गरी खोप लगाउन सबैलाई आग्रह समेत गरेका छन्।

यसैगरी यसअघि उच्च जोखिममा रहेका गर्भवतीलाई मात्र खोप दिइएकोमा अब भने सबै गर्भवतीलाई यो खोप दिइने भएको छ । गर्भवती भएको तीन महिना पुगेपछि मात्र यो खोप दिइने जनाइएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार