देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय पुग्यो
२४ घण्टामा ३८५ नयाँ संक्रमित थपिए
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या ११ हजार ५ सय पुगेको छ । आज थप ४ जना कोरोना संक्रमितको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमण भएर निको हुने दर भने ९७ दशमलब ७ प्रतिशत रहेको छ जबकी मृत्युदर १ दशमलब ४ प्रतिशत रहेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुमध्ये सबैभन्दा धेरै ६० देखि ८० वर्ष उमेर समूहका रहेका छन्।
आज देशभर ३८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार गत २४ घण्टामा १२ हजार ६९७ जनाको नमुना परीक्षण गरेकोमा ३८५ जनामा कोरोना देखिएको हो । अहिले देशभर ७ हजार २६९ जना मात्र सक्रिय संक्रमित रहेका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?