कपिलवस्तुमा दिन सुरु गरिएको हैजा विरुद्धको खोपवारे जान्नैपर्ने कुराहरु
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले हैजा फैलिएको कपिलवस्तुका गाउँमा यसविरुद्धको ओरल कलेरा भ्याक्सिन आइतबारबाट दिन सुरु गरेको छ । यो खोप कस्तो खालको खोप हो ? यसले कसरी काम गर्छ र कसरी दिइन्छ भन्नेवारे सबैले जान्न आवश्यक छ ।
हैजा विरुद्धको खोप सुइ मार्फत नभई थोपाको रुपमा खुवाइने खोप हो । यो अन्यन्त प्रभावकारी र सुरक्षित खोप हो । यस खोपको दुई मात्रा हुन्छन् र दुई मात्रा नै पाएको सात दिनभित्रदेखि यसले काम गर्न थाल्छ । यो खोपले कम्तीमा ५ वर्षसम्म सुरक्षा प्रदान गर्ने बताइएको छ । हैजाबाट बचाउनका लागि र रोग समूदायमा सर्न नदिनका लागि यो खोप खान जरुरी छ । यो खोप पहिलो मात्रा खाएको १४ दिनपछि अर्को मात्रा खुवाइने गरिन्छ । हैजा फैलिएका कपिलवस्तुका ५ वटा स्थानीय तह कृष्ण्नगर, यशोधरा, महाराजगंज, शिवराज र विजयनगरमा यो खोप अभियान आइतबारदेखि सुरु भइसकेको छ । यो खोप निशुल्क दिन लागिएको हो ।
खोप खाइसकेपछि पनि पानी उमालेर वा निर्मलीकरण गरेर खाने, सरसफाईमा ध्यान दिने, चर्पीमा मात्र दिसासपिसाब गर्ने, बेला बेलामा साबुन पानीले हात धुने र पानीको मुहान सधैं सफा राख्ने काम भने गर्न आवश्यक नै हुन्छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?