पछिल्लो २४ घण्टामा ९ हजार १२३ नमुना परीक्षण, २३८ जनामा कोरोना पुष्टि
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर २३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ९ हजार १२३ जनाको नमुना परीक्षण गरिएको थियो । यसैगरी आज ३७० जना संक्रमित संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् भने एक जना संक्रमितको भने मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा ४० हजार १४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्। अहिले देशभर ७ हजार १६४ जना सक्रिय संक्रमित होम तथा संस्थागत आइसोलेसनमा रहेका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?