शनिबार २४२ जना संक्रमित थपिए, ४४४ जना संक्रमणमुक्त
हेल्थ टिभी अनलाइन \काठमाडौं : शनिबार देशभर २४२ जना कोरोना संक्रमित थपिएका छन् भने ४४४ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार १३६ जनाको नमुना परीक्षण गरेकोमा २४२ जनामा संक्रमण पुष्टि भएको हो । यसैगरी आज एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै देशभर कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या ११ हजार ४९५ पुगेको छ ।
हाल देशभर ७ हजार ३०३ जना मात्र सक्रिय संक्रमित होम तथा संस्थागत आइसोलेसनमा रहेका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?