थप २९६ जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन\काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा २९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ८ हजार ९७२ जनाको नमुना परीक्षण गरेकोमा २९६ जनामा कोरोना पुष्टि भएको हो ।
यसैगरी शुक्रबार देशभर ५ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या ११ हजार ४९४ पुगेको छ । मन्त्रालयका अनुसार गत २४ घण्टामा ३६९ जना संक्रमित संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्।
हाल देशभर ७ हजार ५३९ जना सक्रिय संक्रमित रहेका छन्। उनीहरुमध्ये २३१ जना आइसीयूमा र ५६ जना भेन्टिलेरमा रहेका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?