आइतबारदेखि कपिलवस्तुमा हैजा विरुद्धको खोप दिन सुरु गरिने
हेल्थ टिभी अनलाइन \काठमाडौं : आइतबारदेखि कपिलवस्तुका हैजा प्रभावित क्षेत्रमा हैजा विरुद्धको खोप दिइने भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्ण पौडेलले यही मंसीर ५ अर्थात आइतबारदेखि कपिलवस्तुका ५ वटा पालिकाका बासिन्दालाई हैजा विरुद्धको मुखबाट दिइने ओरल कलेरा खोप दिन लागिएको जनाए । हैजाविरुद्धको साढे दुई लाख डोज खोप नेपाल आइसकेको छ ।
गत असोज १८ गतेदेखि कपिलवस्तु जिल्लाका विभिन्न स्थानमा झाडापखाला तथा हैजाका बिरामी फेला परेका थिए । हालसम्म झाडापखालाका कारण ८ जनाको मृत्यु भइसकेको छ । कपिलवस्तुमा फैलिएको हैजा नियन्त्रणमा नआएपछि सरकारले अन्तराट्रिय स्तरमा खोपको लागि सहयोग मागेको थियो ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?