स्वास्थ्य मन्त्रालयको १२औं तहमा बढुवा भए डा श्यामसुन्दर यादव, डा भिमसिंह टिंकरी र डा गुणराज लोहनी
हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको १२ औं तह प्रमुख विशेषज्ञ पदमा तीन जनाको बढुवा भएको छ । डा श्यामसुन्दर यादव, डा भिमसिंह टिंकरी र डा गुणराज लोहनीको १२ औं तहमा बढुवा भएको हो ।
आज बसेको मन्त्रिपरिषद बैठकले यादव, टिंकरी र लोहनीलाई १२औं तहमा बढुवा गर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले जनाएका छन्।
गत सोमबार बसेको बढुवा समितिको बैठकले रिक्त रहेका तीन वटा पदका लागि पाँच जनाको नाम सिफारिस गरेको थियो।
सिफारिस समितिले पहिलो नम्बरमा बाँकेको भेरी अस्पतालका डा श्यामसुन्दर यादव, दोस्रो नम्बरमा व्यवस्थापन महाशाखाका निर्देशक डा भिमसिंह टिंकरी, तेस्रो नम्बरमा पोखरामा कार्यरत बालरोग विशेषज्ञ डा श्रीकृष्ण श्रेष्ठ, चौंथो नम्बरमा प्रसूति गृहकी निर्देशक डा संगिता मिश्र र पाँचौ नम्बरमा मन्त्रालयको नीति योजना तथा अनुमगन महाशाखा प्रमुख डा गुणराज लोहनीको नाम १२औं तहका लागि सिफारिस गरेको थियो।
आज उनीहरुमध्ये तीन जनाको बढुवा गरिएको हो । बढुवाका लागि २१ जनाको निवेदन परेको थियो ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?