एन्टिबायोटिक औषधिको जथाभावी प्रयोग नगर्न विज्ञहरुको आग्रह
कल्पना आचार्य \काठमाडौं : जनस्वास्थ्यका विज्ञहरुले एन्टिबायोटिक औषधिको जथाभावी प्रयोग नगर्न सबैलाइ आग्रह गरेका छन्। । चिकित्सकको सल्लाह बिना एन्टिबायोटिक औषधिको प्रयोग गर्नु अत्यन्त हानीकारक हुने भन्दै विज्ञहरुले सबैलाई सचेत गराएका हुन्। ‘विश्व एन्टीमाइक्रोबिएल सचेतना’ सप्ताहको अवसर पारेर ग्लोबल मिडिया फोरम, एपीक्याट मिडिया र मिडिया एक्सन नेपालसँगको सहकार्यमा सीएनएसद्धारा आयोजित अन्तरक्रिया कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन्। मात्रा नमिलाई एन्टिबायोटिक औषधिको प्रयोग गर्नाले फाइदा भन्दा उल्टो हानी हुने भन्दै ब्याक्टेरियाविरुद्ध स्वास्थ्यकर्मीको सिफारिसर र सल्लाहमा मात्र एन्टिबायोटिक औषधि प्रयोग गर्न उनीहरुको आग्रह छ ।
मंगलबार भर्चुअल रुपमा भएको कार्यक्रममा विश्व स्वास्थ्य संगठनका ग्लोबल कोअर्डिनेसन एण्ड पार्टनरसिप अन एन्टी माइक्रोबिएल रेसिस्टेन्स विभागका निर्देशक डा हेलिसस गेटाहुनले पछिल्लो समय ब्याक्टेरियाविरुद्ध लड्ने एन्टिबायोटिकको क्षमतामा ह्रास आइरहेको बताउँदै यस्तो अवस्थालाई मेडिकल भाषामा ‘एन्टिबायोटिक रेसिस्टेन्स’ भनिने जनाए । उनले जथाभावी एन्टीबायोटिकका प्रयोगका कारण यस्तो अवस्था आएको जनाउँदै अहिले एन्टिबायोटिक रेसिस्टेन्स विश्वभरि नै चुनौतीको विषय बनेको जिकीर गरे । उनले यो समस्या अझ बढी कम विकसित देशहरुमा रहेको समेत जनाए । उनले कोभिड महामारीले एन्टीबायोटिक रेसिस्टेन्समा झनै समस्या थपेकाे भन्दै एक अध्ययन गर्दा अधिकांश अर्थात ७२ प्रतिशत कोभिड बिरामीमा एन्टीबायोटिकको प्रयोग भएको पाइएको बताए । यसले अझ बढी समस्या गराउनसक्ने भन्दै उनले चासो र चिन्ता समेत व्यक्त गरेका थिए ।
कार्यक्रममा विश्व स्वास्थ्य संगठनकी अर्की विज्ञ एलिजावेथ टेयलरले एन्टीबायोटिक ब्याक्टेरियाका विरुद्धमात्र प्रयोग हुने हुँदा यस्ता औषधिले भाइरसका विरुद्ध काम गर्न नसक्ने भन्दै प्रयोगशाला परीक्षणबाट भाइरसबाट भएको हो कि ब्याक्टेरियाबाट भएको हो भनेर एकिन गरेर मात्र औषधिको प्रयोग गर्न अनुरोध गरिन्। जथाभाभी एन्टीबायोटिको प्रयोग घातक हुने उनको भनाई थियो । एन्टिबायोटिकको अनुचित प्रयोग गर्दा एन्टिबायोटिक प्रतिरोधको जोखिमलाई झन बढाउँछ। भविष्यमा सामान्य खालको संक्रमण हुँदाको अवस्थामा निको नहुने र मानिसहरु झन जोखिममा पर्ने सम्भावना रहन्छ, उनले थपिन्।
यसैगरी विश्व स्वास्थ्य संगठन हेडक्वार्टरका एन्टीमाइक्रोबिएल स्टेवार्डसिप एण्ड अवेरनेसका प्रमुख डा जोसेफ थोमसले पहिले पहिले त्यही औषधिले ठीक पार्ने कयौं संक्रामक रोगहरु अहिले ठीक नहुने देखिएको भन्दै पछिल्लो समय एन्टिबायोटिक रेसिसटेन्स जनस्वास्थ्यको ठूलाे समस्याको रुपमादेखा परिरहेको बताए । डा थोमसले थपे, ‘ओभर द काउन्टर एन्टीबायोटिक बिना प्रेस्क्रिप्सन पाइने हुँदा पनि यो समस्या झनझन बढ्दै गएको छ । एन्टिबायोटिकको आफूखुशी प्रयोग हुँदा अहिले स साना रोगहरु जसलाई सजिलै निको पार्न सकिन्थ्यो अहिले जटिल र जोखिमपूर्ण बन्दै गएका छन्। यसमा सबैको ध्यान जान जरुरी छ ।’ उनले एन्टिबायोटिकको ओभर यूज र मिसयुज हुन \गर्न हुँदैन भन्ने कुरा सबैले बुझ्नपर्नेमा जोड दिए ।
प्रत्येक वर्ष नोभेम्बर १८ देखि २४ सम्म एक साताभरी ‘एन्टीमाइक्रोबिएल सचेतना’ सप्ताहको रुपमा मनाउने गरिन्छ । यसपटकको सप्ताहव्यापी कार्यक्रममा ‘गो ब्लु’ अभियान समेत चलाइने भएको छ । यस अभियानामा निलो रङको प्रयोग गरिनेछ । कार्यक्रमको सहजीकरण भारतकी वरिष्ठ पत्रकार शोभा शुक्लाले गरेकी थिइन।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित