मधुमेह दिवसमा मेट्रो काठमाडौं अस्पतालको प्रभातफेरी तथा रक्तदान कार्यक्रम
हेल्थ टिभी अनलाइन \काठमाडौं : विश्व मधुमेह दिवसको अवसरमा मेट्रो काठमाडौं अस्पतालले प्रभातफेरी कार्यक्रम गरेको छ ।
अस्पतालबाट बिहान शुरु भएको प्रभातफेरी त्रिवि शिक्षण अस्पताल हुँदै बाँसबारीसम्म पुगेर पुन: अस्पतालमै आएर टुंगिएको थियो । मधुमेहमा सबैको पहुँच हुनुपर्छ, मधुमेहलाई नियन्त्रणमा राखौं जस्ता प्ले कार्ड बोकेर अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी र्यालीमा सहभागी भएका थिए ।
यसैगरी अस्पतालले दिवसको अवसर पारेर रक्तदान तथा नि: शुल्क सुगर जाँच समेत गरेको अस्पतालका सिइओ टोपेन्द्र प्रकाश वलीले जानकारी दिए । अस्पतालमा दिवसको अवसर पारेर मधुमेह लगायतका अन्य जाँचमा एक महिनासम्म छुट समेत राखेको छ ।







नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?