थप ४१६ जनामा कोरोना संक्रमण, २७० जना संक्रमणमुक्त
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा ४१६ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १२ हजार ४०२ जनाको नमुना परीक्षण गरिएकोमा ४१६ जनामा संक्रमण देखिएको हो । यसैगरी गत २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने २७० जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।
अहिले देशभर ७ हजार ३११ जना सक्रिय कोरोना संक्रमित रहेका छन्। नेपालमा हालसम्म ११ हजार ४७८ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ । कोरोना संक्रमण भएर निको हुने दर ९७ दशमलब ७ प्रतिशत रहेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?