हैजाविरुद्धको २ लाख ५० हजार डोज खोप नेपाल आइपुग्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : हैजाविरुद्धको २ लाख ५२ हजार ३६३ डोज ओरल खोप नेपाल आइपुगेको छ । कपिलवस्तुको हैजा प्रभावित क्षेत्रका बासिन्दालाई दिने भनिएको ओरल कलेरा खोप आज काठमाडौं आईपुगेको हो ।
आज २ लाख ५२ हजार ३६३ डोज खोप दिउसो काठमाडौं आइपुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलले जानकारी दिए । उनले अब हैजा प्रभावित कपिलवस्तुका ५ गाउँपालिकामा एक साताभित्रै खोप दिइने बताए । उक्त खोप सानोफी हेल्थ केयर प्रालिले बनाएको हो ।
कपिलवस्तुमा केही सातादेखि फैलिएको हैजा नियन्त्रणमा समस्या भएपछि सरकारले खोपको लागि विश्व स्वास्थ्य संगठन, यूनिसेफ लगायतलाई सहयोगको आग्रह गरेको थियो ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?