घट्यो संक्रमण : अब ५ सय बढी सक्रिय संक्रमित काठमाडौंमा मात्र
हेल्थ टिभी अनलाइन \काठमाडौं : अब काठमाडौं जिल्लामा मात्रै ५ सय बढी सक्रिय कोरोना संक्रमित रहेका छन्। पछिल्लो समय अन्य जिल्लाहरुमा कोरोना संक्रमण कम हुँदै गएर अब भने एउटा जिल्ला काठमाडौंमा मात्र ५ सय बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
देशका ७७ जिल्लामा नै पुगेकाे भए पनि दुई साता अघिसम्म काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्रै ५ सय बढी सक्रिय संक्रमित रहेका थिए । अब भने ललितपुर र भक्तपुरमा पनि संक्रमण कम भएर ५ सय मूनि झरेको छ । अहिले काठमाडौं जिल्लामा ५१० जना मात्रै सक्रिय संक्रमित होम तथा संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। यसैगरी अहिले भक्तपुर, ललितपुर, कास्की, रुपन्देही, बाँके लगायतका १० जिल्लामा २ सय बढी सक्रिय संक्रमित रहेका छन्।
हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ७ हजार ५३५ रहेको छ । उनीहरुमध्ये १८८ जनाको आइसीयूमा र ५४ जनाको भेनिटलेटरमा उपचार भइरहेको छ । मुगु र हुम्ला दुई जिल्ला भने कोरोनामुक्त भइसकेको मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलले जनाएका छन्।
नेपालमा कूल संक्रमण दर १८ दशमलब २ प्रतिशत रहेको छ । देशभर बिहिबारसम्म ११ हजार ४६६ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?